भूपेन्द्र बडुवाल हत्याकाण्ड : भारतमा लुकेका मुख्य आरोपी खोज्दै प्रहरी

कैलालीका युवा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरीले हालसम्म ३० जना बढीसँग घटना विवरण लिएको छ भने १ दर्जन बढीसँग बयान लिएको छ । कात्तिक २३ गते भएको हत्या घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले हालसम्म २० जना बढी व्यक्तिसँग बयान लिएको छ तर हालसम्म प्रहरी अनुसन्धान चुरोमा भने पुग्न बाँकी नै छ । कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले भने, ‘अनुसन्धान जारी छ । हालसम्म ३० जना बढीसँग घटना विवरण लिइसकेका छौं भने अभियुक्तहरूसँग बयान लिएका छौं । हामी अनुसन्धानको अन्तिम चरणमा छौं । १/२ दिनम...

सम्बन्धित सामग्री

भूपेन्द्र बडुवाल हत्या प्रकरण : मुख्य अभियुक्तले ६ महिनापछि गरे आत्मसमर्पण

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन् । गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको धारिलो हतियार प्रहार गर्दै हत्या गरेर फरार भएका रावलले आइतबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले रावलले आइतबार दिउँसो जिल्ला […]

कैलालीका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका सेनाका मेजर शाही बर्खास्त

कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका कैलालीका सेनानी (मेजर) अशोकजंग शाहीलाई सैनिक अदालतले सेवाबाट बर्खास्त गरेको छ ।  ‘उहाँलाई केही दिनअघि सैनिक अदालतले बर्खास्त गरेको हो,’ सैनिक प्रवक्ता नारायण सिलवालले लोकान्तरसँग भने, ‘उहाँलाई कैलालीको विषयमा बर्खास्त गरिएको हो ।’   के थियो प्रकरण ? बडुवाल हत्या घटनाभन्दा २ दिनअघि कात्तिक २१ गते राति करीब १० बजे मेजर शाही मदिराले मात्तिएर लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित संगम होटलमा पछाडिपट्टिबाट पसेक...

भूपेन्द्र र अर्जुनको हत्या विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९ पुस, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवाल र जानकी गाउँपालिका-९ का अर्जुन दास हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । न्यायको माग गर्दै स्थानीय बासिन्दाले संयुक्त रुपमा विरोध प्रर्दशनसहित शुक्रबार कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । गत शनिबार बिहान जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा विभत्स हत्या गरेको अवस्थामा […]

भूपेन्द्र बडुवाल हत्या प्रकरणः कैलालीका ग्याङस्टरहरुको पर्दाफास

काठमाडौं, २० मंसिर । कैलालीमा २३ कात्तिकमा भूपेन्द्र बडुवाल हत्या प्रकरणले लहरो तान्दा पहरो खसेको छ । त्यहाँको स्रोतमाथि कब्जा जमाउने प्रतिष्पर्धामा बनेको दुईवटा समूहकै सदस्यहरु धमाधम पक्राउ परेका छन् । कैलालीको लम्की, चीसापानी, टीकापुर मात्र नभई बर्दियाका ग्याङका सदस्यहरु समेत पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमा १२ जना सार्वजनिक गरिएका छन् । अझै ९ […]

भूपेन्द्र बडुवाल हत्याको प्रमुख कारण विवाद

कैलाली, मंसिर २० । कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा दुई समूहबीचको विवाद प्रमुख कारण भएको प्रहरीले जनाएको छ । सोमबार कैलालीमा पत्रकार सम्मेलन गरी कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले स्थानीय जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव हुँदा हत्या हुने स्थितिसम्म पुगेको बताउनुभयो । प्रहरीले बडुवाल हत्या प्रकरणमा २१ जनाविरुद्ध जिल्ला अदालत […]

भूपेन्द्र बडुवाल हत्याका अभियुक्त पक्राउको माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्तसहित फरारहरुलाई पक्राऊको माग गर्दै प्रदर्शन भएको छ । माइतीघर मण्डलमा आज साँझ दीप प्रज्ववलन तथा प्रदर्शन भएको हो । ‘मामा मलाई नमार्नु’ भन्दा ‘खुकुरीको धारले नाता हेर्दैन’ भन्दै भूपेन्द्रमाथि नवीनद्वारा खुकुरी प्रहार तस्बिरहरुः अमृत पौडेल/ रिपोर्टर्स नेपाल

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १० पक्राऊ, ६ फरार

काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । ६ जना अझै फरार छन् । प्रहरीले हत्याका आरोपीमध्येका मदन शाहीलाई सुनसरीबाट पक्राउ गरेको छ । उनी लुकिछिमी धरानमा बस्दै आएको सूचनाका आधारमा पक्राउ परेका हुन् । २३ कात्तिको राति टीकापुर नगरपालिकाको सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको नवीन […]