संखुवासभा घटना : घटनास्थलमा प्रहरी, दुई बच्चासहित ६ को हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी केहीबेरअघि घटनास्थल पुगेको र घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई जानकारी दिए । केहीबेर अघि प्रहरी घटनास्थलमा पुगेको र आफूसहितको टोलीपछि घटनास्थल जाँदै गरेको उनले बताए । घटनास्थल चैनपुरबाट करिब ५० किलोमिटर पूर्व रहेको बताइएको छ ।  जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेक

सम्बन्धित सामग्री

संखुवासभा घटना : सन्काहा भतिजले मच्चाएको हत्याकाण्ड

२७ भदौ, काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारको ६ जना व्यक्तिको हत्या भयो भनेर जसले छरछिमेकलाई खबर गरेका थिए, तिनै व्यक्ति सामूहिक हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले आइतबार संखुवासभामा सार्वजनिक गरेका आरोपित लोकबहादुर कार्की तिनै व्यक्ति हुन्, जसले ५२ वर्षीय तेजबहादुर कार्कीको शव देखेको भन्दै […]

संखुवासभा घटना : व्यक्तिगत कुण्ठाका कारण सामूहिक हत्या

मादी नगरपालिका-१ उम्लिङखोला गाउँका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या आरोपमा प्रहरीले उनका भतिजा लोकबहादुरलाई पक्राउ गरेको छ। २५ वर्षीय लोकबहादुरले चिर्पट प्रहार गरेर ६ जनाको हत्या गरेको प्रहरीमा अनुसन्धानमा देखिएको छ ।

रगत लागेकाे एउटा टालाेले लोकबहादुरलाई हत्यारा भनेर चिनायाे

संखुवासभा ।  गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५२ वर्षीया श्रीमती मनमाया, ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपक र सात वर्षीया नातिनी गोमाको हत्या भएको दुई दिनसम्म पनि प्रहरी टोलीले हत्या कसले गरेको भनेर सुइँकोसमेत पाउन सकेको थिएन । अनुसन्धानका लागि लगिएको अनुसन्धानप्राप्त […] The post रगत लागेकाे एउटा टालाेले लोकबहादुरलाई हत्यारा भनेर चिनायाे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभा घटना : ६ जनाकै पोष्टमार्टम गरियो

संखुवासभा, भदौ २३ । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा अज्ञात समुहले विभत्स हत्या गरेका एकै परिवारका ६ जनाको बुधबार पोष्टमार्टम गरिएको छ । उनीहरुको शव गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सोमबार स्थानीय बौदमान कार्कीकी श्रीमती ८४ बर्षिय पार्वता कार्की, ५८ बर्षिय छोरा तेजबहादुर कार्की, ५२ बर्षकी बुहारी कमला कार्की, बौद्धमानकी नातिनि बुहारी […]

संखुवासभा घटना फलोअप : हत्यामा एक जनाको मात्रै संलग्नता रहेको प्रहरीको आशंका

‘घटनामा एक जनाको मात्रै संलग्नताजस्तो देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘सुरुमा तेजबहादुर कार्कीको हत्या गरेपछि उनको परिवारका अन्य सदस्यको हत्या भयो भन्ने हाम्रो विश्लेषण हो ।’

संखुवासभा घटना : बाकसमा भेटियो सुन र पैसा

सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङमा भएको एकै परिवारका ६ जना हत्या प्रकरणमा अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट नाै गेडी मुन्द्री लगायतका सुनका गहना , करीब चार लाख रुपैँया रकम र  चार सेट माेवाइल फाेन फेला परेको साे घटना अनुसन्धानमा संलग्न सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालले जानकारी दिए । मादी १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको परिवारको रहस्यमय हत्या प्रकरणमा घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसप...

संखुवासभा घटना : परिवारका ६ सदस्य गुमाएर बाँचे ९३ वर्षीय वृद्ध

संखुवासभाको मादी हत्याकाण्डमा एक वृद्ध सकुशल रहेका छन् । ५७ वर्षीय छोरा तेजबहादुर कार्कीसहित परिवारका ६ सदस्य गुमाएका ९३ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका हुन् । सामान्य घाइते भएका उनी कान र आँखा देख्न नसक्ने अवस्थामा रहेको  स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए ।  घटनामा ५७ वर्षीय कार्कीसहित ६ जनाको हत्या भएको छ ।  मृत्यु हुनेमा ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका