वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले धारा ७६ (५)मा दलीय निर्देशन ह्वीप नलगाउँदा निर्दलीयता आउँछ भनेर ‘विचित्रको तर्क’ गरेको बताएका छन् । निवेदक पक्षबाट जवाफ दिँदै सोमबार संवैधानिक इजलासमा कार्कीले भने, ‘निर्दलीयता आउँछ भन्ने बडो विचित्रको कुरा आयो, त्यसो भए ७६ (५) किन राखेको ?’संविधान बनाउँदा छलफल गरेर उपधारा (५) राखिएको दाबी गर्दै कार्कीले भने–‘अहिले जानीजानी अनावश्यक तर्क गरिरहेका छन् ।’ धारा ७६ (५) मा पार्टी