नेपाली काङ्गेसनिकट नेपाल निजामति कर्मचारी युनियनको आठौँ अधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा हुने क्रम तीव्र छ। अध्यक्षमा वर्तमान अध्यक्ष गोपाल पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने निश्चित हुँदै गर्दा उपाध्यक्ष महासचिव र सचिवलगायत पदाधिकारीमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ।