एक डोज लगाए पुग्ने जोनसन एन्ड जोनसन भ्याक्सिन स्वीकृत

एजेन्सी। बेलायत सरकारले एक डोज लगाए पुग्ने जोनसन एन्ड जोनसन कम्पनीको भ्याक्सिनलाई स्वीकृति दिएको छ। यो भ्याक्सिनले बेलायतको भ्याक्सिनेसन कार्यक्रमलाई बल मिल्ने स्वास्थ्यमन्त्री म्याट ह्यांककले बताए। अब बेलायतसँग चारथरीका भ्याक्सिन छन्। आगामी महिनादेखि सिंगल डोजको जोनसन एन्ड जोनसन लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ। बेलायतले यो भ्याक्सिनको दुई करोड डोज अर्डर गरेको छ।

सम्बन्धित सामग्री

जोनसन एन्ड जोनसनले बेबी पाउडरको बिक्री रोक्ने, पाठेघरको क्यान्सर गराउने आरोप

काठमाडौँ । जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले  अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ ।​ जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि यस्तो घोषणा आएको हो । जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्ता गरेका छन् । यसको ट्याल्कम […]

म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप

म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन् । गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो । हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।जोनसन एन्ड जोनसन (एकपटक मात्रै लगाए हुने) समेत गरी पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएका थिए । जिल्लामा १८ वर्षमाथिको लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्र

विदेश जानेहरूलाई यी केन्द्रबाट दिइँदै छ जोनसन एन्ड जोनसन खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको जोनसन एन्ड जोनसन खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिकका लागि सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि सो खोप दिइँदै छ । आज काठमाडौंका वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट जोनसन एन्ड जोनसनको खोप दिइँदै छ । भोलिदेखि भने काठमाडौंका थप केही अस्पतालबाट पनि यो खोप...

जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो

काठमाडौँ । अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा काठमाडौँ आइपुगेको छ । केहीबेरअघि मात्रै खोप काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले उपलब्ध गराइएको खोप औपचारिक कार्यक्रम गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्दै छ । यो खोप एक मात्रा मात्रै लगाउँदा पुग्छ । अमेरिकाबाट प्राप्त जोनसन […]

कोरोनाविरुद्धको १५ लाख डोज जोनसन एन्ड जोनसन खोप अमेरिकाबाट नेपाल आउँदै

काठमाडौं । अमेरिकाले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा आज नेपाल आउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले बिहान ९ बजेसम्म खोप काठमाडौं आइपुग्नेछ ।

अमेरिकाबाट आउँदै जोनसन एन्ड जोनसन खोप, यी हुन् लक्षित उमेर समूह

काठमाडौं : भोलि (सोमबार) अमेरिकाबाट १५ लाख डोज जोनसन एन्ड जोनसन खोप नेपाल आइपुग्दै छ। यो खोप ५० देखि ५५ वर्ष उमेर समूहका, शिक्षक र वैदेशिक रोजगारीमा जानेहरूलाई दिने सरकारले तयारी गरिएको छ। यसअघि ५५ वर्षभन्दा माथिका यसअघि प्राथमिकतामा परेकालाई खोप दिइने भनिएको छ। विगतमा तोकिएको उमेर समूह (छुटेकालाई) प्राथमिकतामा चीनबाट ल्याइएको भेरोसेल खोप दिइने भनिएको थियो। तर यो खोप कसलाई कुन उमेर समूहलाई दिइने भन्ने औपचारिक निर्णय भने भइसकेको छैन। तर ५० देखि ५५ वर्ष

जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख डोज खोप चाँडै आउने

काठमाण्डाै – नेपालले कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनको काेभिड–१९ कोरोना भाइरसविरुद्धको खोप पाउने विषय अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका अनुसार नेपालले जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप पाउने विषय लगभग टुङ्गोमा पुगेको हो ।‘ठ्याक्कै सङ्ख्या र मिति टुङ्गो लागेको छैन तर कोभ्याक्स सुविधा अन्तर्गत जोनसन एन्ड जोनसन कम्पनीको खोप चाँडै आउने सम्भावना छ’, मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले उज्यालो अनलाइनसँग भन्नुभयो ।कोभ्याक्स सुविधा अन्तर्गत...

एक डोजमै कोरोना नियन्त्रण गर्ने भ्याक्सिन बनाउँदै जोनसन एन्ड जोनसन

काठमाडौं। अहिलेसम्म कोरोनाबाट बच्न प्रयोग हुँदै आएका भ्याक्सिन तीन डोजवाला थिए। अमेरिकी औषधि निर्माता कम्पनी जोनसन एन्ड जोनसनले एक डोजको भ्याक्सिन निर्माणको तयारी गरेको छ। कम्पनीले भारतसँग यस्तो भ्याक्सिनको ट्रायलका लागि स्वीकृति माग गरेको छ।संक्रमण बढ्दै गएपछि भारतले आपतकालीन प्रयोगका लागि सबै विदेशी भ्याक्सिनलाई स्वीकृति दिइसकेको छ। कम्पनीको भ्याक्सिनले डब्ल्यूएचओ, अमेरिका, युरोप, जापानलगायतका देशमा स्वीकृति पाइसकेको छ।(एजेन्सी)