काठमाण्डाै – नेपालले कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनको काेभिड–१९ कोरोना भाइरसविरुद्धको खोप पाउने विषय अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालले जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप पाउने विषय लगभग टुङ्गोमा पुगेको हो ।‘ठ्याक्कै सङ्ख्या र मिति टुङ्गो लागेको छैन तर कोभ्याक्स सुविधा अन्तर्गत जोनसन एन्ड जोनसन कम्पनीको खोप चाँडै आउने सम्भावना छ’, मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले उज्यालो अनलाइनसँग भन्नुभयो ।कोभ्याक्स सुविधा अन्तर्गत...