काठमाडौं। सरकारद्वारा गठित कोभिड-१९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजकले कोभ्याक्स अभियानले नेपाललाई तीन लाख ४८ हजार अक्सफर्ड-आस्ट्राजेनेकाको खोप र छ लाख जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बीबीसीलाई बताएका छन्। दुई मात्रा लिनुपर्ने अक्सफर्ड-आस्ट्राजेनेकाको खोप आगामी जुलाई महिनाभित्र उपलब्ध गराइने व्यहोराको पत्र प्राप्त भएको उनले उल्लेख गरे। अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको […]