चालु आर्थिक वर्ष सकिन करिब दुई महिना बाँकी छ । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको तयारीमा जुटेको बेला चालु आर्थिक वर्ष २०७८/०७९ को खर्च प्रतिशत भने सन्तोषजनक छैन । गत आर्थिक वर्षको वैशाख महिनासम्मको बजेट खर्चको तुलनामा चालु आर्थिक वर्षमा दुई दशमलव सात प्रतिशतले वृद्धि भए पनि यस पटक पनि सरकारको खर्च क्षमतामा सुधार आउन सकेको छैन ।चालु आर्थिक वर्षको वैशाख महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारले बजेटको ३५ दशमलव ४५ प्रतिशतमात्र खर्च गरेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष