राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले सामेबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को प्रतिनिधिमण्डलसँग भेटेपछि लामो समयदेखिको विवादबाट नेपाली क्रिकेट मुक्तिको नजिक पुगेको बताएका छन् ।नेपाली क्रिकेटको विवादमा दीर्घकालिन समाधान निकाल्ने उदेश्यसाथ शनिबार एसोसिएट उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा काठमाडौं आएको आइसिसी टोली सबै सरोकारवालासँगको छलफलपछि सोमबार फर्किएको छ ।