भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु भएको छ । बेपत्ताको खोजी र उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मृत्यु भएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन् । पहिरो गएको आज छैटौँ दिन पनि खोजी तथा उद्धार जारी छ । रेलवे लाइन निर्माण स्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी पहिरोमा परेका थिए । राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन् । पहिरोले तामेङलङ र नोनी जि