काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न निर्देशन दिनु भएको छ ।
अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ उहाँले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो ।
गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गर...