पूर्वविश्व नम्बर एक खेलाडी सेरेना विलियम्सले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएकी छिन् । ३६ वर्षीया अमेरिकन टेनिस स्टार सेरेनाले सेप्टेम्बरमा पहिलो सन्तानका रूपमा छोरी जन्माएपश्चात् गत साता मात्र टेनिस कोर्टमा पहिलो उपस्थिति देखाएकी थिइन् ।