सरकारले पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै एक वर्षे मिसनमा लागि लिवियामा जान चाहने जनरल सर्जनलाई आगामी १६ कात्तिकसम्म सम्पर्क गर्न अनुरोध गरेको हो । रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको थियो । सोही अनुसार जारी सूचनामा एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरगतको स्थायी कर्मचारी हुनु