‘मौसमी रोजगारी’का लागि कोरिया पठाउने भन्दै लाखौँ असुल्दै मेनपावर कम्पनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जेठमा ७५३ वटै पालिकालाई एउटा परिपत्र ग¥यो । स्थानीय तहहरूले मौसमी कामदारको रूपमा दक्षिण कोरिया कामदार पठाउन थालेपछि त्यसलाई तत्काल रोक्न भन्दै मन्त्रालयले परिपत्र गरेको थियो ।कामदार विदेश पठाउने अधिकार स्थानीय तहको नभई संघीय सरकारअन्तर्गत रहेको भन्दै मन्त्रालयले कामदार नपठाउन सचेत गराएको थियो । कामदार पठाउने विषयमा केही स्थानीय तहले सहमति माग गरे पनि मन्त्रालयले दिएन । मन्त्रालयले कामदार पठाउने विषयमा कुनै पनि कदम नचाल्न सचेतसमेत गरा