स्टार खेलाडी अर्लिङ हालान्डको ह्याट्रिकको बाबजुत पनि डर्टमण्ड जर्मन बुन्डेस लिगा फुटबलमा पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड भीएफएल बक्हमसँग ४–० गोल अन्तरले पराजित भएको हो । बक्हमलाई जित दिलाउन सेवास्टीयन पोल्टेर, गेरिट होल्टमान, जर्गेन लोकाडिया र मिलोस पान्टोभिकले एक–एक गोल गरे ।यता डर्टमण्डका लागि हालान्डले ह्याट्रिक पूरा गरे । हालान्डले दुई गोल पेनाल्टीमा गरेका थिए । पराजित डर्टमण्ड ३२ खेलबाट ६३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । जित निकालेको बक्हम ३९ अंक जोडेर ११औं