दार्चुला तुइन घटना र हेलिकप्टर प्रकरणमा भारतलाई कुटनीतिक नोट पठाइयो

 सरकारले दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा भारत सरकारलाई कुटनीतिक नोट पठाएको छ । सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको हो । दुवै घटनाका सम्बन्धमा कुटनीतिक च्यानलबाट पत्र पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाइदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृ