महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका–२ का युवा जयसिंह धामी बेपत्ता भएको घटना छानविन गर्न गठन गरिएको समिति अहिले दार्चुलामा छ । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले शुक्रवार पीडित परिवारसँग भेटघाट गरिरहेको छ । सदरमुकाम खलंगामा रहेको छानविन समितिले घटनाका प्रत्यक्षदर्शी र राजनितिक दलका प्रतिनिधिहरूसँग पनि कुराकानी गरिरहेको छ । ‘शुक्रवार पीडित परिवार कहाँ गएका थियौं, पीडित परिवार र गाउँलेका कु