बिदाको समय सदुपयोग गर्न कतै जान चाहनुहुन्छ भने सुदूरपश्चिम प्रदेशका धेरै पर्यटकीय गन्तव्य मध्य एक उत्कृष्ट स्थान हो खप्तड । यो बाजुरा, डोटी, बझाङ र अछाम जिल्लाको संगम भूमिमा पर्दछ । यस ठाउँको उचाइ १,२६२ देखि ३,२७६ मिटरसम्म छ ।खप्तडमा त्रिवेणीधाम, सहस्त्रलिंग, केदारढुँगा, खप्तड बाबा आश्रमलगायतका धार्मिक सम्पदा छन् । ठूल्ठूला पाटन, दह, जीवजन्तु र हिमालको दृश्यले त्यहाँको सौन्दर्य बढाएको छ । २०४३ असार ९ गते सरकारले खप्तड राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । यसको क्षेत्रफल २२५ वर्ग किमी छ । निकुञ्जल