अमेरिकाले युक्रेनलाई हतियार पठाउन केही मात्रामा रोकेको छ । अमेरिकी अधिकारीहरूले आफ्नो हतियार भण्डारणमा न्यूनता आएको भन्दै युक्रेनलाई केही हतियार पठाउन रोक लगाएको बताएका छन । यो निर्णय युक्रेनका लागि थप गम्भीर स्थिति हुनसक्ने अनुमान गरिएको छ । रूसी आक्रमण तीव्र भइरहेका बेला अमेरिकाबाट हतियार कम आउन थाल्नुले युक्रेनलाई समस्यामा पार्न सक्ने संभावना बढेको छ […]