गुल्मीको धुर्कोट गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर बाँदर, बँदेललगायतका जनावर मार्न पाउनुपर्ने माग गर्यो । बाँदरले उठीबास लगाउन थालेपछि विभिन्न ठाउँका बासिन्दाले बाँदर मार्न पाउनुपर्ने माग पटक–पटक गर्दै आएको बेला धुर्कोट गाउँपालिकाको पत्र स्थानीय सरकारले सङ्घीय सरकारलाई गरेको औपचारिक आग्रह हो ।
गाउँ कार्यपालिकाको निर्णयपछि २०७८ सालको असोज १२ गते लेखेको पत्रमा बाँदरलाई समातेर घरमा पाल्ने वा बाँदर लगायत खरायो, दुम्सी, बँदेललाई मार्न पाउनुपर्ने माग छ । गाउँपालिका अध्यक्ष भुपाल पोख...