काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराले मदिरा बनाउन प्रयोग हुने एक हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ।जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित गुरुङ टोल र गुम्बा टोलका १० घरबाट अवैध मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।उनका अनुसार नियन्त्रणमा लिएको १ हजार लिटर कच्चा पदार्थ वडाध्यक्ष र स्थानीयको उपस्थितिमा नष्ट गरिएकाे हो।