‘स्टिल उद्योगलाई स्वदेशी कच्चा पदार्थ पर्याप्त’

२ अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको स्वस्तिक रोलिङ्ग मिल पूर्ण रुपमा संचालन गर्ने तयारी गरिरहेको छ । हाल कूल क्षमताको ६० प्रतिशत उत्पादन गरिरहेको स्वस्तिक रोलिङ मिलले कच्चा पदार्थ (स्पन्ज)मा आधारित ५०० मेट्रिक टन क्षमताको मिल सञ्चालनमा ल्याएको हो ।सुनसरीको दुहवी नगरपालिका–१ मा स्थापना भएको उक्त मिलले कच्चा पदार्थमा आधारित उद्योगबाट बजरंग ब्राण्डको उत्पादन बजारमा पठाउन थालिसकेको छ । मिलले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टिएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन

सम्बन्धित सामग्री

आगामी बजेटबारे उद्योग संगठनका दर्जन सुझाव

आगामी बजेटमा स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादित वस्तु निर्यात गर्दा भन्सार महसुल र अन्त:शूल्क फिर्ता पाउने  व्यवस्था गरिनुपर्ने मागसहित उद्योग संगठन मोरङले आगामी बजेटका लागि एक दर्जन बढी सुझाव अर्थमन्त्रीलाई बुझाएको छ ।

स्वदेशी कच्चा पदार्थ प्रयाेग गर्ने उद्योगलाई सहजरूपमा जग्गा उपलब्ध गराइने

काठमाडौं । सरकारले स्वादेशी कच्चा पदार्थ प्रयोग गरेर वस्तु उत्पादन गर्ने उद्योगका लागि सहजरुपमा जग्गा उपलब्ध गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिसँग जोडिएका तथा अन्य नेपाली कच्चा पदार्थको प्रयोग गरेर वस्तु उत्पादन गर्ने उद्योगले सरलीकृत तरिकाले जग्गा पाउने बताए । उद्योग सञ्चालनको लागि आवश्यक पर्ने जग्गाको […]

निकासीमा नगद अनुदानको व्यवस्थाले नेपाली 'प्लाइउड' भारत निकासी बढ्यो

सरकारले निकासीमा नगद अनुदानको व्यवस्था गरेपछि नेपाली प्लाइउड भारत निकासी बढेको छ । चालु आर्थिक वर्षको आठ महिनामा तीन अर्ब मूल्य बराबरका नेपाली प्लाइउड भारत निकासी भएको तथ्याङ्क छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुको कार्यकालमा नेपाली प्लाइउड निकासीमा स्वदेशी कच्चा पदार्थ प्रयोगका आधारमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय भएको थियो ।

डण्डी निर्यातमा प्रतिस्पर्धी बन्दैछौँ, विद्युत महसुल घटाइनु पर्छ : राठी

अर्ध तयारी उद्योगको विकल्पमा स्थापना भएको सुनसरी दुहबीको स्वस्तिक रोलिङ मिलले आफ्नो उत्पादन सुरु गरेको छ । कच्चा पदार्थमा आधारित उक्त उद्योगबाट बजरंग ब्राण्डको उत्पादन बजारमा पठाउन थालेको हो । उक्त मिलले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टिएमटी छड, बिलेट, एङ्गल, चयानल र आई बिमको उत्पादन सुरु गरेको हो । बिलेट, एङ्गल, च्यानल र आइ बिम उत्पादन गर्दै आएको रोलिङ मिलका निर्देशक रमेश राठीले अब यी उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताए । उद्योगी राठीका अनुसार धेरै प्रकारका एङ्गल र च्यानल नेप

स्थानीय उत्पादन प्रवर्द्धन गरेर निकासी बढाऔं : प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षण गर्न मद्दत पुग्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकासी प्रवर्द्धन गर्न स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्नुपर्ने बताए । ‘स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उत्पादन […]

स्वदेशी कच्चा पदार्थ खपतमा बढी नगद अनुदान

सरकारले आयातितभन्दा स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादित सामग्री उत्पादनमा बढी नगद अनुदान दिने भएको छ । शतप्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेमात्र निर्यातमा ५ प्रतिशत नगद अनुदान दिइने भएको छ । आयातित कच्चा पदार्थको प्रयोगबाट उत्पादन हुने सामग्रीमाभन्दा दुई प्रतिशत बढी रकम स्वदेशी उत्पादनमा दिइने भएको हो ।

वीरगञ्जमा प्रि-बजेट छलफलः उत्पादनमुलक उद्योगलाई प्रोत्साहन होस्

७ चैत, वीरगञ्ज । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न स्वदेशी कच्चा पदार्थ प्रयोग गरी वस्तु उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न सरोकारवालाहरुले जोड दिएका छन् । व्यापार घाटा क्रम गर्न पनि उत्पादनमा जोड दिनुपर्ने बताए । संसदको अर्थ …