काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा पठाउने निर्णय गरेको छ।उक्त मुद्दामा सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। वरिष्ठ अधिवक्ता वैद्य तत्कालिन पुनरावेदन अदालतका पूर्व न्यायाधीश हुन्।उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए। उषा मल्ल पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन्। सर