नेपाललाई खोप दिन १६ बेलायती सांसदले लेखे विदेशमन्त्रीलाई पत्र

बेलायतका १६ जना सांसदले नेपाललाई आपतकालिन अवस्थामा उल्लेख्य मद्दत हुन नपुगेको भन्दै विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।

सम्बन्धित सामग्री

८ लाख मात्रा एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाण्डाै – बेलायतले नेपाललाई दिने २१ लाख मात्रा कोरोनाविरुद्धको खोपमध्ये आठ लाख मात्रा आज साेमवार काठमाण्डौ आइपुगेको छ ।  कतार एअरलाइन्समार्फत आठ लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिनुभएको छ । बाँकी १३ लाख मात्रा खोप छिटै आइपुग्ने पनि उहाँले बताउनुभएको छ । नेपाललाई खोप सहयोग गर्न पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो । बेलायतले नेपाललाई कोभ्याक्स सुविधामार्फत खोप दिएको हो । नेपालमा खोप महत्त्वपूर्ण भएको र खोपको सकारात्मक नतिजा...

बेलायतबाट ८ लाख एस्ट्राजेनेका खोप आयो, थप १३ लाख आउँदै

बेलायतले थप २१ लाखभन्दा बढी कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप नेपाल पठाउने भएको छ । जसअनुसार सोमवार बिहान ८ लाख डोज प्राप्त भएको छ ।  ‘यस महत्त्वपूर्ण समयमा नेपाललाई खोप सहयोग गर्न पाउँदा बेलायत खुशी छ,’ नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भनिन् ।

नेपाललाई खोप दिन बेलायती सांसदको माग

नेपाललाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन बेलायतका सांसदहरूले विदेशमन्त्री डोमिनिक रावलाई दबाब दिएका छन् । केही हप्ताअघि पनि सांसदहरूले बेलायतको संसद्मै नेपाललाई खोप सहायताका लागि आवाज उठाएका थिए । त्यसपछि पनि कुनै पहल नभएपछि विभिन्न राजनीतिक दलमा आबद्ध १६ जना सांसदले संयुक्त रूपमा पत्र लेखेर विदेशमन्त्री रावलाई खोप तत्काल उपलब्ध गराउन माग गरेका हुन् । दुई प्रमुख बुँदा उल्लेख गर्दै सांसदहरूले पहिलो बुँदामा छिटोभन्दा छिटो नेपालका लागि खोप उपलब्ध गराउन माग गरेका छन् । त्यस्तै दोस्रो बुँदामा कोभिडको दोस्रो लहरको सामना गरिरहेको नेपालका लागि अत्यावश्यकीय चिकित्सा सहयोग समेत जरुरी रहेको औँल्याउँदै बेलायती सांसदहरूले त्यस्ता सामग्री पनि सहयोग गर्न पत्रमार्फत भनेका छन् ।

बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं, (नेस) नेपालमा कोरोना संक्रमणले भयावह रूप लिइरहेका बेला बेलायतले नेपाललाई खोप पठाएर कोरोना नियन्त्रणमा सहयोग गर्ने भएको छ भने शनिबार अमेरिका, स्वीजरल्यान्ड र चीनको सहयोग पनि प्राप्त भएको छ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शनिबार स्वास्थ्यमन्त्री हृद्येश त्रिपाठीलाई भेटेर बेलायतले कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई कोरानाविरुद्धको बेलायतमा विकास गरिएको खोप एस्ट्राजेनेका २० लाख जोड खोप […]

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

लन्डन। बेलायतको हाउस अफ लर्ड (उपल्लो सदन)मा नेपालमा बढ्दो कोभिड-१९ सङ्क्रमणविरुद्धको लडाइँमा सहयोगबारे छलफल भएको छ। निकै छोटो समय चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र अब बेलायतले नेपाललाई सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो। केहि दिनअगाडि मात्र बेलायती नायिका जुवाना लुम्लेलगायतले नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्दै सरकारलाई पत्र लेखेका थिए। (रासस)