१६ जना बेलायती सांसदद्वारा विदेशमन्त्रीलाई ध्यानाकर्षण : नेपाललाई खोप उपलब्ध गराउन अनुरोध

- कोभ्याक्स सुविधाअन्तर्गत खोप दिन अहिले सकिन्न भने पनि नेपालका लागि बेलायत सरकारले बेग्लै अतिरिक्त प्रबन्ध

सम्बन्धित सामग्री

नेपाललाई खोप दिन १६ बेलायती सांसदले लेखे विदेशमन्त्रीलाई पत्र

बेलायतका १६ जना सांसदले नेपाललाई आपतकालिन अवस्थामा उल्लेख्य मद्दत हुन नपुगेको भन्दै विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।

नेपाललाई खोप दिन बेलायती सांसदको माग

नेपाललाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन बेलायतका सांसदहरूले विदेशमन्त्री डोमिनिक रावलाई दबाब दिएका छन् । केही हप्ताअघि पनि सांसदहरूले बेलायतको संसद्मै नेपाललाई खोप सहायताका लागि आवाज उठाएका थिए । त्यसपछि पनि कुनै पहल नभएपछि विभिन्न राजनीतिक दलमा आबद्ध १६ जना सांसदले संयुक्त रूपमा पत्र लेखेर विदेशमन्त्री रावलाई खोप तत्काल उपलब्ध गराउन माग गरेका हुन् । दुई प्रमुख बुँदा उल्लेख गर्दै सांसदहरूले पहिलो बुँदामा छिटोभन्दा छिटो नेपालका लागि खोप उपलब्ध गराउन माग गरेका छन् । त्यस्तै दोस्रो बुँदामा कोभिडको दोस्रो लहरको सामना गरिरहेको नेपालका लागि अत्यावश्यकीय चिकित्सा सहयोग समेत जरुरी रहेको औँल्याउँदै बेलायती सांसदहरूले त्यस्ता सामग्री पनि सहयोग गर्न पत्रमार्फत भनेका छन् ।