कोरोना महामारीमा बेलायती १६ सांसदको चिन्ता, नेपाललाई खोप उपलब्ध गराउन भन्दै विदेशमन्त्रीलाई पत्र

काठमाडौं : कोरोनाको दोस्रो लहरसँग जुघिरहेको नेपाललाई तत्काल खोप लगायतका जरुरी स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन्।मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ। कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले केही राज्यमा लगाइ राखिएको खोपमा कटौती गरेर र अन्य विकासशील मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न समेत भनिएको छ।स्वास्थ्य स

सम्बन्धित सामग्री

उत्पादक देशलाई थप खोप उपलब्ध गराउन सरकारको आह्वान

काठमाडौं। सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आह्वान गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिँदै थप खोप उपलब्ध गराउन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ।

नेपाललाई थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह

काठमाडौँ । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

अमेरिकाबाट नेपालमा खोप पठाउन ह्यारी भण्डारीको पहल

अमेरिका । कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालले अहिले अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको अवस्था छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक आग्रह गराइदिन पत्र लेखिसकेकी छिन् ।यसैवीच, नेपाललाई खोप उपलब्ध गराउन मेरिल्याण्ड राज्यका जनप्रतिनिधि ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न सहयोगी भूमिका निर्वाह गरेका छन् । भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईड व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र वि

नेपाललाई खोप दिन बेलायती सांसदको माग

नेपाललाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन बेलायतका सांसदहरूले विदेशमन्त्री डोमिनिक रावलाई दबाब दिएका छन् । केही हप्ताअघि पनि सांसदहरूले बेलायतको संसद्मै नेपाललाई खोप सहायताका लागि आवाज उठाएका थिए । त्यसपछि पनि कुनै पहल नभएपछि विभिन्न राजनीतिक दलमा आबद्ध १६ जना सांसदले संयुक्त रूपमा पत्र लेखेर विदेशमन्त्री रावलाई खोप तत्काल उपलब्ध गराउन माग गरेका हुन् । दुई प्रमुख बुँदा उल्लेख गर्दै सांसदहरूले पहिलो बुँदामा छिटोभन्दा छिटो नेपालका लागि खोप उपलब्ध गराउन माग गरेका छन् । त्यस्तै दोस्रो बुँदामा कोभिडको दोस्रो लहरको सामना गरिरहेको नेपालका लागि अत्यावश्यकीय चिकित्सा सहयोग समेत जरुरी रहेको औँल्याउँदै बेलायती सांसदहरूले त्यस्ता सामग्री पनि सहयोग गर्न पत्रमार्फत भनेका छन् ।

नेपाललाई खोप उपलब्ध गराउन डेनमार्क सकारात्मक *

२३ जेठ, काठमाडौं । डेनमार्क सरकारले कोरोना खोप उपलब्ध गराउन सकारात्मक देखिएको छ । डेनिस सरकारले खोप उलपब्ध गराउन सक्ने संकेत देखाएपछि स्वास्थ्य सेवा विभागले पत्र लेखेर एस्ट्राजेनेकाको खोप १४ लाख डोज उपलब्ध गराउन आग्रह गरेको …

राष्ट्रपति भण्डारीद्वारा भारत र चीनसँग नेपाललाई खोप उपलब्ध गराउन आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन लिखित र मौखिक आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधबार भारत तथा चीनका राष्ट्रपतिसँग संवाद गरि नेपाललाई खोप उपलब्ध गराइदिन आग्रह गरेकी हुन् ।

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

लन्डन। बेलायतको हाउस अफ लर्ड (उपल्लो सदन)मा नेपालमा बढ्दो कोभिड-१९ सङ्क्रमणविरुद्धको लडाइँमा सहयोगबारे छलफल भएको छ। निकै छोटो समय चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र अब बेलायतले नेपाललाई सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो। केहि दिनअगाडि मात्र बेलायती नायिका जुवाना लुम्लेलगायतले नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्दै सरकारलाई पत्र लेखेका थिए। (रासस)

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हामीले हाल नेपालले भोगेको सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो ।          आफ्नो भनाइ राख्दै लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गर्नु भएको थियो । नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरी सकेको र नेपालका लागि करीब तीन लाख पचास हजार कोभ्यक्स छुट्टाई सकेको कुरा सदनलाई सरकारको तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले जानकारी दिनुभएको थियो ।