काठमाडौं : सरकारले कानुनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ।गृह मन्त्रालयले सोममबार विज्ञप्तिमार्फत कसैको बहकाउमा परी त्यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गरेका विज्ञप्तिअनुसार नेपालको संविधान र कानुनमा रहेको व्यवस्थाअनुसार सरकारले गत भदौ २९ गते नै राष्ट्रिय भूमि आयोग गठन गरी कामकाजसमेत सुरु भइसकेको छ।यसअघि गठन भएको भूमिसम्बन्