गृह मन्त्रालयले निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेको छ । मन्त्रालयले कसैको बहकाउमा परी यस प्रकारको गैरकानुनी कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा रुपन्देहीको मौतीपूर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । मन्त्रालयले संविधानको मौल