माओवादी केन्द्र बाहेकका विभिन्न राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरूले पाँच वर्ष अघिको निर्वाचनमा जुन प्रतिबद्धताहरू जनाएका थिए, तीमध्ये कतिपय विषय अहिलेको घोषणापत्रमा पनि समेटेका छन् ।नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि सबैभन्दा धेरै विषय समेटेर ८८ पेजको घोषणापत्र जारी गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले ४८ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले ४ पृष्ठको संक्षिप्त र लोकप्रिय विषयवस्तु समेटेर घोषणापत्र जारी गरेको