काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार फेरिरहने तर जनताकाे जीवनस्तर जस्ताकाे तस्तै रहने अवस्थाकाे अन्त्य गर्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्। ‘सरकार फेरिने तर जनताको जीवनस्तर नबदल्ने अवस्थाको अन्त्य गर्नुपर्ने छ’, उनले भने। प्रधानमन्त्रीमा विश्वासकाे मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस पटककाे कार्यकाल पहिलाकाे जस्ताे नभइ सफल हुने जिकिर गरे। ‘आत्मस्वीकारोक्तिसहित […]