नेकपा एस र जसपाले विश्वासकाे मत दिनेमा विश्वस्त छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ। आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरूले भेट गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरू सकारात्मक रहेको र विश्वासको […]

सम्बन्धित सामग्री

उपाध्यायप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्री प्रचण्ड नेकपा एसको कार्यालयमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ एवं सोही पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एस पार्टी कार्यालयमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले आलोकनगरस्थित एसको कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । यस्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पनि श्रद्धाञ्जली अर्पण गर्न […]

हात्तिवनमा प्रचण्ड, माधव र उपेन्द्रको वार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागिता जनाउने बारे नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन्।नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल जारी छ। हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता जारी रहेको छ।यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने प्रचण्डको तयारी छ।