नागढुंगामा पहिरो खस्यो, काठमाडौं भित्रिने गाडी रोकिए

काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको एसपी बस्नेतले जानकारी दिए । 

सम्बन्धित सामग्री

रुकुम र जाजरकोट सडकमार्गमा ठाउँठाउँमा पहिरो

काठमाडौं । गएराति गएको भूकम्पले रुकुम र जाजरकोट सडकमार्गका विभिन्न सडकखण्डमा साना पहिरोहरु खसेका छन् । कतिपय सानो पहिरो पन्छाइसकिएको छ भने कति पहिरो हटाउने काम भइरहेको छ । सडक विभागका अनुसार जाजरकोटको रिम्नास्थित भेरी नदीको पुलको एप्रोच स्लाबमा क्षति भएको जानकारी आएको छ । रिम्ना नजिकै तीनवटा सुख्खा पहिरोले अवरुद्ध सडक खुलाउने काम भइरहेको […]

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक भयो संचालन

काठमाडौं : पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात संचालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी संचालनमा आएको जानकारी दिए। सडक संचालनमा…

गठबन्धनमा पहिरो जानेवाला छ : प्रदीप ज्ञवाली

काठमाडौं  : नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरुभित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन्। भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीले बताए। एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा स्थानीय…

बाजुरामा सुक्खा पहिरो, कर्णाली नदी थुनियो

२६ असोज, काठमाडौं । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो । डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी छ ।’ बिहान […]

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।गएराति करिब १२ बजेको समयमा पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाउने काम सुरु गरिएको छ। पहिरो पन्छाएर बाटो खुल्न तीनदेखि चार घण्टासम्म लाग्‍न सक्‍ने प्रहरीको अनुमान छ।

नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक बिहान पहिरो गएका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको बताइएको छ । उता सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको तल्लो डुम्रेमा गएको पहिरो हटाउन सिद्धार्थ राजमार्गमा रात्री सेवा बन्द गरिएको छ । […]

नागढुंगामा पहिरो खसेपछि जे देखियो (फोटो फिचर)

काठमाडौंको नागढुंगास्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । पहिरो पन्छाएपछि सवारी साधन सुचारु भएका छन् ।

नारायणगढ–मुग्लिङ सडकखण्डको पाँच ठाउँमा पहिरो

काठमाडौं। अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डको पाँच ठाउँमा पहिरो गएको छ। पहिरोले गर्दा अहिले काठमाडौंबाट चितवन जाने आउने सवारी साधनको आवागमन रोकिएको छ। ट्राफिक प्रहरीका अनुसार नारायणगढ मुग्लिङ सडकखण्डको चौधकिलो, पाँचकिलो, चारकिलो, सेतिदोभान र घोप्टेभिर भन्ने स्थानमा पहिरो खसेको छ। अहिले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा दुई स्थानमा पहिरो

काठमाडौं, असार १८ । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ५ बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ। पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो […]

हेलम्बुको भ्रातेकतेकमा पहिरो, उद्धार टोली पुग्दै

काठमाडौं : हेलम्बुको भ्रातेकतेकमा पहिरो गएको छ। मंगलबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी र पहिरो गएको थियो। मेलम्चीको अवस्थाबारे केही खबर आएपनि हेलम्बुमा भएको क्षति बारे कम सूचना मात्रै बाहिरिएको छ। हेलम्बुमा पहिरोले खोला थुनिएको स्थानीयले बताउँदै आएका छन्। बुधवार स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले हेलम्बुको चोक्पुभन्दा ५०० मिटर माथी भ्रातेकतेकमा पहिरो गएको…