नागढुंगामा पहिरो खसेपछि जे देखियो (फोटो फिचर)

काठमाडौंको नागढुंगास्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । पहिरो पन्छाएपछि सवारी साधन सुचारु भएका छन् ।