नारायणगढ–मुग्लिङ सडकखण्डको पाँच ठाउँमा पहिरो

काठमाडौं। अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डको पाँच ठाउँमा पहिरो गएको छ। पहिरोले गर्दा अहिले काठमाडौंबाट चितवन जाने आउने सवारी साधनको आवागमन रोकिएको छ। ट्राफिक प्रहरीका अनुसार नारायणगढ मुग्लिङ सडकखण्डको चौधकिलो, पाँचकिलो, चारकिलो, सेतिदोभान र घोप्टेभिर भन्ने स्थानमा पहिरो खसेको छ। अहिले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता बन्द

काठमाण्डाै - नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामको बाँकी काम गर्नका लागि आजदेखि २९ गतेसम्म बिहान साढे  १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी नै आवागमन बन्द गरिने आयोजनाले जनाएको छ । नारायणगढ-मुग्लिङ सडक आयोजनाले सूचना निकालेर सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका...