अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गर्नुभएको छ ।
अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले युक्रेनकी समकक्षी जेलेन्स्कासँग भेट गर्नुभएको हो । दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको बीबीसीले जनाएको छ ।
गएको फेबु्रअरी २४ तारिखमा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि जेलेन्स्का पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको हो । युक्रेनमाथि रुसको आक्रमणको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकमाथि नयाँ प्रतिबन्ध ...