१२ वर्षपछि खोलो पनि फर्किन्छ भन्छन् । अधिवक्ता विपना योगीको जीवनमा पनि त्यस्तै भएको छ । श्रीमान् बितेको १२ वर्षपछि उनले हालै सविन्द्र श्रेष्ठसँग दोस्रो घरजम गरेकी छन् । अहिले विपनालाई आफ्नो जीवन भोगाइ सपना जस्तो लागेको छ ।३४ वर्षकी विपना १५ वर्षकी एक छोरीकी आमा हुन् । उनको पहिलो विवाह २०६३ साल असोजमा भएको थियो । विवाह भएको एक वर्षमै उनले ०६४ फागुनमा छोरी स्मारिकालाई जन्म दिइन् । शिक्षित परिवारमा विवाह भएकाले विवाहपछि पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेकी थिइन् । श्रीमान्, घरपरिवार र सन्तान स