काठमाडौं।असहाय गाईबाच्छा संरक्षण अभियानले २०७० देखि २०७६ को अवधिमा नदी किनारमा १४ मृत गाईबाच्छाहरुको अन्तिम व्यवस्थापन गरिएको जनाएको छ।“खासगरी काठमाडौं उपत्यकाभित्र हरेक दिन मासुका लागि असहाय गाईबाच्छाहरुको तस्कर गर्ने र उनीहरुलाई मार्ने गरिएको समेत पाईएको छ। नदी किनारमा देखिने लादीका थुप्रोहरु यसका उदाहरण हुन्,” अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।अभियान अन्तर्गत हाल दुई सयभन्दा बढी गाईबाच्छाले नयाँ जीवन पाइरहेको जनाइएको छ।