काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९६ दशमलव ६० प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ६ करोड २३ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. २१ लाख ४३ हजारमा सिमित भएको हो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेपनि वित्तीय लागत बढेकाले नाफा प्रभावित भइको हो । गत आवमा कम्पनीको वित्तिय खर्च रू. ९ करोड ८६ लाख रहेकोमा चालू आवमा बढेर रू. २१ करोड ४७ लाख पुगेको हो ।
त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुनलामा चालू आवमा १२६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २७ करोड ४२ लाख विद्युत विक्री आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६२ करोड भन्दा बढी पुगेको छ ।
चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड रहेको कम्पनीले जगेडामा रू. १९ करोड १३ लाख सञ्चिती गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७५ पैसा,मूल्य आम्दानी अुनपात ७० दशमलव ५ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३ रुपैयाँ ३१ पैसा रहेको छ ।
रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको विद्युत विक्री आम्दानी र नाफा घटेको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४० करोड १२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा उक्त नाफा घटेर रू. ३७ करोड ९१ लाखमा सीमित भएको हो । त्यस्तै कम्पनीले विद्युत विक्रीबापत गत आवमा रू. ६२ करोड ४८ लाख आम्दानी गरेकोमा चालू आवमा यो आम्दानी रू. ६१ करोड २० लाखमा झरेको छ ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत ऊर्जा खरीद गरेका कारण कम्पनीको विद्युत विक्री आम्दानी घट्न पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७४ पैसा रहेकोमा चालू आवमा ९ रुपैयाँ ४० पैसा कायम भएको हो । चुक्ता पूँजी रू. ७ अर्ब ९८ करोड रहेको कम्पनीले जगेडामा रू. २ अर्ब ५३ करोड सञ्चिति गरेको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५५ दशमलव २० गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ८० पैसा छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्
काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ लाख १ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १ करोड २ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष कम खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । गत वर्ष ४ करोड ७३ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेकोेमा यस वर्ष ४ करोड ४३ लाख रूपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च भने घटेको छ । गत वर्ष २ करोड १ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ९७ लाख रूपैयाँभन्दा बढी यो खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार रूपैयाँ रहेको छ भने रिटेर्न अर्निग ७६ लाख ८५ हजार रूपैयाँ रहेको छ । कम्पनीको कर्जा रकम ३४ करोड ५७ लाख रूपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी २ रूपैयाँ ८८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रूपैयाँ ९६ पैसा रहेको छ ।
रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ करोड ६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २ प्रतिशत कम खुद नाफा भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड ५८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षभन्दा यस वर्ष विद्युत विक्री आम्दानी पनि कम भएको छ । गत वर्ष ७४ कराड ४० लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ७३ करोड ५२ लाख रूपैयाँभन्दा बढी मात्र विद्युत विक्री आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रूपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग १ अर्ब ५२ करोड १७ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । कर्जा सापटी यस वर्ष गत वर्षभन्दा करिब ९ प्रतिशत कम भएको छ ।
गत वर्ष ३८ करोड ४७ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी रहेकोमा यस वर्ष ३५ करोड ११ लाख रूपैयाँभन्दा बढी मात्र कायम भएको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १७ रूपैयाँ ७९ पैसा रहेको छ ने प्रतिशेयर नेटवर्थ १७७ रूपैयाँ ३२ पैसा रहेको छ ।
काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २५ प्रतिशत घटेको छ ।
अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ५४ करोड ६१ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा घटेर रू. ४० करोड ७२ लाखमा झरेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी १८ प्रतिशत घटेको छ । अघिल्लो आवमा विद्युत विक्रीबापत रू. ९३ करोड ५० लाख आम्दानी गरेकोमा गत आवमा घटेर रू. ७६ करोड ३५ लाखमा सीमित भएको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा रहेकोमा गत आवमा १३ रुपैयाँ १८ पैसामा झरेको हो ।
त्यस्तै गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ७६ छ । कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ८ करोड छ भने कम्पनीले जगेडामा रू. १ अर्ब २९ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब २९ करोड सञ्चिति गरेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २ दशमलव ४९ प्रतिशत कम खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म २७ करोड ४१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २६ करोड ७३ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीले अघिल्लो वर्षभन्दा ६ दशमलव ५३ प्रतिशत कम ७२ करोड ४४ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको छ । विद्युत विक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफासमेत घट्न पुगेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार छ । अन्य इक्वीटी भने ३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ ।
वित्तीय आम्दानी अघिल्लो वर्ष ९ करोड ९९ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको गत वर्ष १० करोड ३४ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २०५ रुपैयाँ १० पैसा छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
वैशाख १६, काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको खुद नाफा गत अवाको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० प्रतिशतले घटेको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू.४ करोड ६९ लाख १८ हजार खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा रू. २ करोड ८० लाख ९५ हजारमा सीमित भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा घट्न पुगेको हो ।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा विक्री आम्दानी २७ प्रतिशतले कमी आएको छ । गत आवमा कम्पनीले रू. १० करोड ४३ लाख ९१ हजार विद्युत विक्री आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. ७ करोड ५३ लाख ६८ हजारमा सीमित भएको हो ।
चुक्तापूँजी रू. ५८ करोड ९१ लाख १० हजार रहेको कम्पनीले रू. ४ करोड १६ लाख २७ हजार सञ्चित गरेको हो । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ३६ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३९ र प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव शून्य ७ रहेको छ ।