वैशाख १६, काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको खुद नाफा गत अवाको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० प्रतिशतले घटेको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू.४ करोड ६९ लाख १८ हजार खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा रू. २ करोड ८० लाख ९५ हजारमा सीमित भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा घट्न पुगेको हो ।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा विक्री आम्दानी २७ प्रतिशतले कमी आएको छ । गत आवमा कम्पनीले रू. १० करोड ४३ लाख ९१ हजार विद्युत विक्री आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. ७ करोड ५३ लाख ६८ हजारमा सीमित भएको हो ।
चुक्तापूँजी रू. ५८ करोड ९१ लाख १० हजार रहेको कम्पनीले रू. ४ करोड १६ लाख २७ हजार सञ्चित गरेको हो । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ३६ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३९ र प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव शून्य ७ रहेको छ ।