काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९६ दशमलव ६० प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ६ करोड २३ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. २१ लाख ४३ हजारमा सिमित भएको हो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेपनि वित्तीय लागत बढेकाले नाफा प्रभावित भइको हो । गत आवमा कम्पनीको वित्तिय खर्च रू. ९ करोड ८६ लाख रहेकोमा चालू आवमा बढेर रू. २१ करोड ४७ लाख पुगेको हो ।
त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुनलामा चालू आवमा १२६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २७ करोड ४२ लाख विद्युत विक्री आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६२ करोड भन्दा बढी पुगेको छ ।
चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड रहेको कम्पनीले जगेडामा रू. १९ करोड १३ लाख सञ्चिती गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७५ पैसा,मूल्य आम्दानी अुनपात ७० दशमलव ५ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३ रुपैयाँ ३१ पैसा रहेको छ ।
रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस