नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफ्नो एकमात्रै उद्देश्य नतिजा निस्कने गरी कार्यसम्पादन गर्ने भएको बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र सुधार्न आफूले प्रयत्न गर्ने बताए । उनले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने पनि बताए । पदभार समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’शर्माले मन्त्रालयका कर्मचारीहरुलाई अर्थतन्त्