ढोरपाटन : निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती-बस्तीमा सडक पुर्याएको छ। हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन्।
गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन्। चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ…