अविरल वर्षाले सिन्धुपाल्चोकका ग्रामीण सडक अवरुद्ध

केही दिनयता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरुद्ध बनेका हुन् । मेलम्ची, तिपेनी,भोताङ मोटरबाटोको ठाउँठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहे पनि यातायात सञ्चालन भने हुन सकेको छैन । अरनिको राजमार्ग बाह्रबिसे–कोदारी लोकमार्गका विभिन्न खण्डमा पहिरोले बाटो अवर

सम्बन्धित सामग्री

लगातारको वर्षाले जनजीवन कष्टकर, दसैँ मनाउन आएका गाउँमै

डडेल्धुरा – दसैँको दिन अपराह्नपछि मौसम परिवर्तन भई अविरल वर्षा सुरु भएको थियो । तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध छन् । जनजीवन कष्टकर भएको छ । डडेल्धुराको भित्रीमधेस क्षेत्र आलितालमा बाढी पहिराको त्रास छ भने पहाडी भेगमा पहिराको । गत वर्ष पनि असोज कात्तिकमा भएको झरीले ठूलो नोक्सान […]