गत मंगलवारदेखि परेको वर्षाका कारण तनहुँका अधिकांश स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन् ।
पृथ्वी राजमार्गस्थित मुख्य सडक पुनः सञ्चालन भए पनि ग्रामीण भेगका सडक सञ्चालन हुन सकेका छैनन् ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिरोले अवरुद्ध भएका ग्रामीण सडक पुनः सञ्चालन गराउन प्रयास भइरहेको छ ।
बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ । त्यस्ता ठाउँमा सडक वारपार गर्न समस्या भएको छ । कतिपय ठाउँमा भने पैदलयात्री समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ ।
शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भे...