देउवा गृहनगर अमरगढीमा एमालेबाट निर्वाचित मेयरको यस्तो छ पहिलो निर्णय
- सपना सिंह डडेल्धुरा, २१ असार । डडेल्धुराको अमरगढी नगरपालिकाका नवनिर्वाचित मेयर विपिन ओझाले आफ्नो पद्वहाली गरेसँगै नगरपालिकामा खानेपानी व्यवस्थापन गर्ने निर्णय गर्नुभएको छ । सपथग्रहण पछि अमरगढी नगरपालिकामा पदबहाली गर्नुहुदै सदरमुकामको ...
बुटवल– बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्बासी समस्या समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्बासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् । भूमिहीन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको उपमहानगरपालिकाका […]
दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले सुकुम्बासीबस्तीको सडक स्तरोन्नती गर्ने निर्णय गरेका छन् । उनले सोमबार मेयरको पदभार ग्रहण गर्दै दमक–७ स्थित गजुरमुखी मार्ग निर्माणको योजनामा हस्ताक्षर गरेका हुन् ।
‘त्यहाँ...
काठमाडौं, १२ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेलको मेयरको टिकट खोसिएको छ । सामाजिक सञ्जालमा भिडियो बाहिरीएपछि उनलाई एमालेले उम्मेदवार नबनाउने निर्णय गरेको हो । पार्टीले मेयरका लागि उम्मेदवार कृष्ण थापालाई बनाउने निर्णय गरेको छ । थापा गण्डकी प्रदेश सांसद हुन् । उनी २०५४ को निर्वाचनमा पोखरा […]
काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]
१२ वैशाख, प्युठान । नेकपा (माओवादी केन्द्र)ले प्युठान नगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रका प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारिका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष विष्णु योगीलाई दिने निर्णय भएको छ । योगी लामो समयसम्म शिक्षण पेसामा संलग्न थिए। प्युठान नगरपालिकाको मेयरमा बहालवाला नगरप्रमुख अर्जुनकुमार कक्षपतीसहित पाँच जना आकांक्षी थिए । तर, […]
बुटवल उपमहानगरपालिका नेपाली काँग्रेसले मेयरको लागि खेल राज पाण्डेयलाई उठाउने निर्णय गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राती अबेर सम्म बसेको बैठकले पाण्डेयलाई मेयरको टिकट दिने निर्णय गरेको बोर्ड सदस्य विष्णु पोखरले बताए ।पाण्डेय नेपाली काँग्रेस बुटवलका नगर सभापति समेत हुन् । बुटवलमा गठबन्धनको तर्फ मेयर नेपाली काँग्रेसले पाएको पाएको छ । भने उप मेयर एकीकृत समाजवादी पार्टीले पाएको छ । काँग्रेसका पाण्डेय यस अधि पनि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवे
काठमाडौं, १० वैशाख । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले स्थापितको नाममा निर्णय गरेको हो । स्थापित काठमाडौंका पूर्व मेयर हुन् । उनी प्रदेश सभा सदस्य छन् । अब काठमाडौं महानगरपालिकामा काँग्रेसकी सृजना सिंह र एमालेका केशव स्थापितबीच मेयरका लागि प्रतिष्पर्धा हुनेछ । […]
१० वैशाख, धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ । ‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘उपमेयर कसलाई […]
काठमाडौं, ७ वैशाख । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार सृजना सिंह बन्ने निश्चितप्रायः भएको छ । उनको नाममा अन्तिम निर्णय नभइसकेपनि भद्र सहमति बनिसकेको बुझिएको छ । सृजना सिंहलाई मेयरमा अगाडि सार्नेबारे अन्तिम निर्णय भोलि हुने विश्वस्त स्रोतले जनाएको छ । सिंह काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । उनी विद्यार्थी जीवन देखि […]
नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरेको हो । हाल उनी गण्डकी प्रदेशसभा सदस्य हुन् । गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए । ‘पार्टीले शुक्लागण्डकीमा जित हासिल गर्नलाई उहाँलाई अगाडी सार्