काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्। उनले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँगको शिष्टाचार भेटमा एक चीन नीतिमा नेपालको प्रतिवद्धता व्यक्त गरेका हुन्।गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए। उनले राजदूत यान्छीसँग भने, ‘नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ।’उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त