अर्थमन्त्री जनार्दन शर्माले आफू बाझो खेततर्फ फर्किन चाहेको र त्यसका लागि विज्ञहरूबाट सुझाव खोजेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेको तयारीको सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षको बजेट तयारी गर्दै गरेको सरकारले मुलुकको कृषि व्यवसाय, कृषकको जीवनस्तर सुधार्ने सन्दर्भमा र रोजगारी सिर्जना गर्ने सन्दर्भमा कसरी काम गर्न सकिन्छ भनेर लागि रहेको बताउँदै अर्थमन्त्री शर्माले सोका लागि सुझाव दिन आ