बिनाधितो ऋण दिने प्रलोभनमा पारेर आर्थिक शोषण गरेको आरोप लगाउँदै लघुवित्त वित्तीय संस्थाविरुद्ध पाल्पामा ऋणीले अनसन थालेका छन् । पाल्पाका विभिन्न स्थानबाट भेला भएका लघुवित्त वित्तीय संस्थाबाट 'पीडित'ले लघुवित्त वित्तीय संस्था खारेज हुनुपर्ने माग गरेका छन् ।