आर्थिक वर्ष सकिन १० दिन बाँकी पुँजीगत खर्च ४५% मात्रै

आर्थिक वर्ष सकिन १० दिन मात्रै बाँकी रहँदा विकास लक्षित पुँजीगत खर्च ४५ प्रतिशत मात्रै भएको छ । यस वर्ष ३ खर्ब ११ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिइएकामा असार २१ सम्म १ खर्ब ३९ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । पूर्वअर्थमन्त्री रामशरण महतका अनुसार राजनीतिक लाभ लिन अत्यधिक बजेट विनियोजन गर्ने तर कार्यान्वयनको संयन्त्र बनाउन नसक्दा यस्तो अवस्था आएको हो ।

सम्बन्धित सामग्री

दुई महिनामा पुँजीगत खर्च डेढ प्रतिशत मात्रै

सरकारले चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा डेढ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले भदौसम्ममा पाँच अर्ब ८६ करोड रुपैयाँ पुँजीगत खर्च...

पुँजीगत खर्च सत्ताइस प्रतिशत

काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च […]

बागमती प्रदेशमा बढ्यो पुँजीगत खर्च

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकको तुलनामा पुँजीगत खर्च बढाएको छ । चालू आवको साउनदेखि कार्तिकसम्म पहिलो चौमासिकमा चार दशमलव ८५ प्रतिशत मात्र पुँजीगत खर्च गरेको बागमती...

पुँजीगत खर्च बढाउन शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिए । आर्थिक वर्ष २०७८।०७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरूलाई निर्देशन दिए ।‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक […]

पुँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८।०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए । ‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ,’ उनले भने, ‘एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै

शतप्रतिशत  पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष ०७८/७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष ०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले...

सुदूरपश्चिम प्रदेशमा बढेन पुँजीगत खर्च

योजनाहरु समयमै कार्यान्वयनमा जान नसक्दा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च पहिलो पाँच महिनाको अवधिमा बढ्न सकेको छैन ।आर्थिक वर्ष २०७८/०७९ को सो अवधिमा गत आर्थिक वर्षमा भएको जत्ति पनि पुँजीगत खर्च हुन नसकेको हो । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा पुँजीगत खर्च मंसिर मसान्तसम्म ७.६८ प्रतिशत भएकोमा चालु आर्थिक वर्षमा […]

सरकारी खर्च बढे पनि बढेन पुँजीगत खर्च

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा अर्थतन्त्रको वर्तमान स्थिति प्रस्तुत गर्न ल्याएको श्वेतपत्रले सरकारी खर्च बढे पनि पुँजीगत खर्च नबढेको बताएको छ। भनिएको छ, ‘सरकारी खर्च बढ्दै गए पनि चालु खर्चको तुलनामा पुँजीगत खर्च बढ्न सकेको छैन।’ आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब हुँदा पुँजीगत खर्च २४.९ प्रतिशत थियो।

गत आर्थिक वर्ष यी पाँच मन्त्रालयले गरे सबैभन्दा बढी पुँजीगत खर्च

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी पूजीगत खर्च पाँच वटा मन्त्रालयले गरेका छन्। अर्थ मन्त्रालयका अनुसार आफ्नो पुँजीगत बजेटमध्ये खानेपानी मन्त्रालयले ३६.८० प्रतिशत, भौतिक निर्माण तथा यातायात मन्त्रालयले ७५.०३ प्रतिशत, शहरी विकास मन्त्रालयले ८७ प्रतिशत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७.७९ प्रतिशत र उर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयले ६५ प्रतिशत पुँजीगत खर्च गरेका हुन्।

११ महिनामा पुँजीगत खर्च ४०% मात्र

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७७-७८ मा ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि बल्ल ४०.५४ अर्थात् १ खर्ब ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ७१.३ प्रतिशत […]