शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८।०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए । ‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ,’ उनले भने, ‘एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै